काठमाडौँ । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुंगा डुबेको छ । घटनामा उद्धारकर्ताहरूले ११ जनाको शव फेला परेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले बताएका छन् ।
दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एक जना भिक्षुले भने “हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ ।” भिक्षुका अनुसार डुंगामा अधिकांश विद्यार्थी थिए । उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।
“डुंगा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ । स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् । स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।