दोस्रो दिन पनि उच्च अंकले घट्यो नेप्से-Sutra News

दोस्रो दिन पनि उच्च अंकले घट्यो नेप्से

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि उच्च अंकले नेप्से घटेको छ । सोमबार ५७.९९ अंकले घट्दै नेप्से २६३९.९२ को बिन्दुमा ओर्लिएको छ । समग्रमा सोमबार २.१४ प्रतिशतले नेप्से घट्यो ।



यसअघि आइतबार ४७.४४ अंकले नेप्से घटेको थियो ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब हाराहारीको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ५ अर्ब ९० करोडमै सीमित भयो । १ करोड ३८ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा सो बराबरको कारोबार भएको थियो ।

उच्च अंकले नेप्से घट्दै गर्दा सबैजसो समूहको सूचक घटे । जसमा सबैभन्दा बढी फाइनान्स समूहको सूचक ३.३८ प्रतिशतले घट्दा सबैभन्दा कम व्यापार समूहको सूचक ०.२८ प्रतिशतले घट्यो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २२१ को मूल्य घट्यो भने २३ कम्पनीको मूल्य बढ्यो । उच्च अंकले नेप्से घट्दै गर्दा विन नेपाल लघुवित्त र कर्पोरेट विकास बैंकको मूल्य सर्किट लेबल बृद्धि भयो भने न्याग्दी गु्रप पावरको मूल्य ९ प्रतिशतभन्दा बढीले घट्यो ।

दसैंअघि र दसैंपछिका कारोबार दिनमा नेप्सेमा लगातार बृद्धि भएको थियो । झण्डै तीन सय अंकभन्दा बढीको बृद्धिका बिच कतिपय लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्से घटेको देखिन्छ । यद्यपि, यसलाई करेक्सनको तहसमेत भन्न सकिन्छ ।

तर, निरन्तरको गिरावटमा राजनीतिक घटनाक्रम पनि जोडिएको पाइन्छ । राजनीतिमा देखिएको अनिश्चितताले लगानीकर्ताहरु अलमलमा परेको देखिन्छ । जसको प्रभाव बजार प्रभावित भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट