आफ्नै बुद्धि कमजोर हुँदा एमाले छाड्नु पर्‍यो- बामदेव गौतम-Sutra News

आफ्नै बुद्धि कमजोर हुँदा एमाले छाड्नु पर्‍यो- बामदेव गौतम

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर हुँदा नेकपा एमालेबाट बाहिर बस्नु परेको बताएका छन् ।



सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिए पनि आफ्नै बुद्धि कमजोर भएकाले पार्टी बाहिर बस्नु परेको प्रतिक्रिया दिएका हुन् । उनले एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उल्लेख गरे ।

गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकीर गरे ।

उनले पहिरोमा परी त्रिशुलीमा दुई वटा बस बगाएपछि आफूले राष्ट्रियसभा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिए पनि सरकारले नसुनेको बताए । विश्वका क्षमतावान विज्ञहरुलाई बोलाएर पहिरोका बारेमा पूर्ण मूल्याङ्कन र पहिरो रोकथाम गर्न आफूले यसअघि सुझाव दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट