प्रचण्डले भने- सरकार भ्रष्टाचारीको संरक्षक भएको पुष्टि, अब विरोध हुन्छ-Sutra News

प्रचण्डले भने- सरकार भ्रष्टाचारीको संरक्षक भएको पुष्टि, अब विरोध हुन्छ

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारीको संरक्षक भएको पुष्टि हुँदै गएको बताएका छन् ।



सोमबार प्रेस सेन्टर जुम्लाले सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले आफूले सरकार गठन भएदेखि यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताए ।

उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने बताए । प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा काम गर्दा संसदका पहिलो र दोस्रो दलले अप्राकृतिक रुपमा आफूलाई हटाएको दाबी गरे ।

उनले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समूदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवद्र्धनलाई अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट