श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा उक्लियो-Sutra News

श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा उक्लियो

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा भुटानले श्रीलंकालाई ४-१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

आज खेल सुरुआती सातौं मिनेटमा भुटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको २३ औँ मिनेटमा श्रीलंकाकी कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन ।

त्यसपछि खेलको ३२ औँ मिनेटमा भुटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६ औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३-१ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भुटानलाई ४-१ गोलको जित दिलाइन ।

समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट