रवि लामिछानेलाई पोखरा लगिएसँगै छविलाललाई बुटवल लगियो-Sutra News

रवि लामिछानेलाई पोखरा लगिएसँगै छविलाललाई बुटवल लगियो

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारीको बचत हिनामिना गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही लगिएको छ । सूर्य दर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नु पर्ने भएकाले उनलाई सोमबार रुपन्देही लगिएको हो ।



उनलाई सोमबार जहाजमार्फत रुपन्देही लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।

उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार थिए । कास्कीमा उनको बयान पूरा भए पनि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।

सोही प्रकरणमा पूर्वउप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने पक्राउ परेका छन् । शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका उनी पोखरामा प्रहरी हिरासतमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट