नेपालले गर्‍यो माल्दिभ्समाथि गोलको वर्षा-Sutra News

नेपालले गर्‍यो माल्दिभ्समाथि गोलको वर्षा

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्सविरुद्ध जारी खेलको पहिलो हाफमा नेपालले चार गोल हानेको छ ।



दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई, प्रीति राई र सविता राना मगरले एक–एक गोल गरेका हुन् । खेलको सुरुवातदेखि नेपालले माल्दिभ्समाथि पकड राखेको थियो ।

छैटौँ मिनेटमै प्रीतिको गोलबाट नेपालले अग्रता लिएको थियो । यसैगरी, सविताले २९ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् ।

रेखा पौडेलले ३२ औँ र ४२ औँ मिनेटमा गोल संख्या थपेकी थिइन् । टोलीको चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) सामेल भए पनि उनी पहिलो हाफमा बेञ्चमै छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट