माल्दिभ्सविरुद्ध नेपालको गोलको वर्षा, दुई खेलाडीले गरे ह्याट्रिक-Sutra News

माल्दिभ्सविरुद्ध नेपालको गोलको वर्षा, दुई खेलाडीले गरे ह्याट्रिक

सोमबार, ५ कार्तिक २०८१

सोमबार, ५ कार्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले सहज जित निकालेको छ । माल्दिभ्सविरुद्ध ११–० गोल अन्तरले नेपाल विजयी भएको हो ।



दशरथ रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा माल्दिभ्सलाई ११ गोलले हराउँदा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे । रेखाले ५ र प्रीतिले ३ गोल गर्न भ्याए ।

पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ७ गोल थपेको हो । यसअघि नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट