आज कन्या, धनु र मीन राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज कन्या, धनु र मीन राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

आज मिति २०८१ कार्तिक ६ गते मंगलबार । सन २०२४ अक्टोबर २२ तारिख । नेपाल सम्बत ११४४ कौलागा कार्तिक कृष्ण पञ्चमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २९ मिनेटम हुनेछ । अब सुरु गरौँ राशिफल



मेष

सामान्य कामकुरामै समय ब्यतीत भए पनि आजको दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । व्यवसायिक कार्यमा राम्रै लाभ हुने योग छ । पढाइलेखाइमा सुधार आउला । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

मनमा दोधारको अवस्था सिर्जना हुनसक्ने समय छ । आजको दिन स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु उचित हुनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । खर्च केही बढे पनि पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह वृद्धि होला ।

मिथुन

ब्यस्त रहनुपर्ने दिन छ । दुर्गमस्थान र टाढाको यात्रा हुने सम्भावना छ, तर आज अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त होला । मित्रजनका साथ मनोरञ्जनपूर्ण जमघट हुन सक्छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिका वा प्रेमीसँग तथा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । आर्थिक कार्यमा आकर्षण बढ्नेछ, कर्मबल वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

परिणाममुखी काममा लगानीको समय छ । कल्पना र भावनामा केन्दित भइने योग रहेकोले कुनै पनि निर्णय संयमताका साथ लिनु हितकर हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्ने समय छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धन प्राप्त हुने सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । कर्मबल बढ्नेछ भने साथीभाइको सहयोग प्राप्त होला । रोकिएको काम बन्नेछ ।

सिंह

दिन केही चुनौतीयुक्त रहला । पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन । तथापि, स्वास्थ्य सबल रहनेछ र काममा पनि केही फाइदाकै योग छ । प्रतिकुलताका बाबजुद पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । भाग्यबल बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । पढाइलेखाइमा पनि प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला

आजको दिन सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

बृश्चिक

दिन सोचेजस्तो अनुकुल नभएकोले हरेक कदम फुकी–फुकी चाल्नु उचित हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा ध्यान दिनु राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । तर, कसैसँग सामान्य विवाद पनि हुन सक्छ । सवारी साधनको प्रयेगमा विशेष सतर्कता अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । प्रेमभाव बढ्नेछ ।

धनु

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरूको चलखेल बढे पनि तिनलाई परास्त गर्न सकिनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

व्यस्तता बढ्नेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध रहने योग छ । बन्द व्यापारबाट फाइदा हुनेछ, अर्थात् आर्थिक पक्ष सबल नै छ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित होला । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुने दिन छ । रमाइलो यात्राको सम्भावना छ र, त्यसबाट दीर्घ कालिक फाइदा पुग्ने देखिन्छ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । सामर्थ्य वृद्धि हुनेछ ।

मीन

नयाँ कामको जिम्मेवारी हात पर्ने समय छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्ने तथा अर्काको सेवामा लाग्नुपर्ने योग छ । मिठो भोजन प्राप्त हुने र सुख विलास मिल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट