आज पहाडी भागमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम सफा-Sutra News

आज पहाडी भागमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम सफा

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौँ । हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा मधेस, बाग्मती र कर्णाली प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।



आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट