माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने-Sutra News

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले यही कात्तिक १० गते काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने भएको छ ।



सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि खबरदारी गर्नकाे लागि जनप्रदर्शन गर्ने निर्णय गरेकाे हाे ।

मंगलबार बसेकाे माओवादी केन्द्रकाे बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रदर्शनकाे तयारी गर्न निर्देशन दिएका हुन् ।

साे प्रदर्शनकाे तयारीमा जुट्न सबै कमिटीहरूलाई उनले निर्देशन दिए ।

माओवादी केन्द्रले जनसराेकारका सवालमा संवेदनहीन भएकाे सरकारले भ्रष्टाचारमा रेकर्ड राख्न खाेजेकाे निष्कर्ष निकालेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट