सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाकै एक लाख ६६ हजार नजिक-Sutra News

सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाकै एक लाख ६६ हजार नजिक

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले दिनदिनै रेकर्ड राखिरहेको छ । दसैंपछिका प्रत्येक कारोबार दिनमा निरन्तर बढिरहेको सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर बृद्धिका बिच साताको तेस्रो कारोबार दिन मंगलबार स्थानीय सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार नौ सय रुपैयाँ पुगेको छ । जुन सोमबारको तुलनामा तीन सय रुपैयाँले बढी भएको महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार छ सय रुपैयाँ थियो । मंगलबारको मूल्य हालसम्मकै उच्च हो ।

महासंघले जनाएअनुसार पछिल्लो कात्तिक महिनाको छ दिनमा मात्रै सुनको मूल्यमा तीन हजार पाँच सय रुपैयाँले बढोत्तरी भएको छ । कात्तिक १ मा सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो ।

सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहँदा स्थानीय बजारमा चाँदीको मूल्यले पनि नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । निरन्तर बृद्धिका बिच मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

सोमबारको तुलनामा चाँदीको मूल्यमा प्रतितोला पाँच रुपैयाँले बृद्धि भएको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २७३३.७७ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट