उच्च गिरावटपछि फेरि बढ्यो नेप्से-Sutra News

उच्च गिरावटपछि फेरि बढ्यो नेप्से

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौं । लगातार उच्च अंकको गिरावटपछि साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) बढेको छ । मंगलबार २५.८८ अंकले बढ्दै नेप्से २६६५.८१ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से ०.९८ प्रतिशतले बढ्यो ।



दोहोरो अंकले नेप्से बढ्दै गर्दा आज अधिकांश समूहका सूचक बढे । फाइनान्स समूहकाे सूचक सबैभन्दा बढी ३.०३ प्रतिशतले बढ्दा सामूहिक लगानी समूहकाे सूचक सबैभन्दा कम ०.२७ प्रतिशतले बढ्यो ।

मंगलबार कारोबारमा आएका २४४ कम्पनीमध्ये १९९ को मूल्य बढ्दा ४० को मूल्य घट्यो भने ५ को मूल्य स्थिर रह्यो ।

लगातारको उच्च गिरावटको प्रभाव मंगलबार कारोबार रकम भने उठ्न सकेन । १ करोड ९ लाख ६२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको भयो ।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रि इन्स्योरेन्सलगायत शीर्ष स्थानमा रहे ।

राजनीतिक घटनाक्रममा अस्वभाविक परिवर्तन हुँदा लगानीकर्ता अन्योलमा परेका थिए । जसको प्रभाव बजारमा देखियो ।

दसैंसँगै बढेको नेप्से, दसैंपछिका तीन कारोबार दिन उत्साहपूर्णरुपमा बढेको थियो । तर, पछिल्लो दुई कारोबार दिनमै १०० अंकभन्दा बढीले नेप्से घट्यो ।

यद्यपि, राजनीतिक क्षेत्रका घटनाक्रम प्रष्ट हुँदै गर्दा, नेप्सेको गिरावट थामिएको देखिन्छ । बजारका जानकारले नेप्सेले लय समातेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट