रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी-Sutra News

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौँ । उत्तर कोरियाले मस्कोलाई युक्रेनविरुद्धमा लड्न सेना नपठाएको जनाउँदै संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी ‘आधारहीन’ भएको टिप्पणी गरेका छन् ।



सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रूसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा एक हजार ५०० सेना रूसमा प्रशिक्षण गराइरहेको जनाएको थियो ।

उनले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधि मण्डलले प्रतिक्रिया दिन आवश्यक महसुस नगरेको संयुक्त राष्ट्रसंघीय महासभा समितिको बैठकमा बताएका थिए ।

विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि प्योङयाङ र मस्को सहयोगी रहँदै आएको छ । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समयदेखि किम जोङ–अनले रूसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन् ।

उत्तर कोरियाले भने उक्त सैन्य तैनातीबारे कुनै टिप्पणी गरेको छैन । रूसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन ।

यसबीच नेटो र अमेरिकाले पनि सेना तैनातीको पुष्टि गरेका छैन । तर, दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट