बाढी पहिरोका मृतक परिवारलाई पाँच करोड सहयोग-Sutra News

बाढी पहिरोका मृतक परिवारलाई पाँच करोड सहयोग

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौँ । सरकारले हालैको बाढी पहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।



सरकारले प्रतिमृतक दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहत स्वरुप पाँच करोड प्रदान गरिएको छ ।

बाढी पहिरोमा परी २३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट