प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च-Sutra News

प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौँ । लामो समयसम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भइ ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले जारी गरेको प्रतिवेदनले जनाएको छ ।



यूएनडीपीका प्रमुख अचिम स्टेनरले युद्धको प्रभाव भौतिक पूर्वाधार विनाशमा मात्र नभई गरिबी, जीविकोपार्जन लगायतका क्षेत्रमा समेत परेको बताए ।

सन् २०२३ को अन्त्यमा ३८.८ प्रतिशत रहेको गरिबीको दर यस वर्ष २.६१ मिलियन प्यालेस्टिनी गरिबीमा पर्दा गरिबीको संख्या ४.१ मिलियनमा पुगेको जनाइएको छ । यो विनाशले प्यालेस्टाइनलाई विकासको मार्गमा दशकौँ पछाडि पारेको स्टेनरले उल्लेख गरे ।

योसँगै यस वर्ष प्यालेस्टिनी क्षेत्रमा बेरोजगारीदर ४९.९ प्रतिशतले बढ्ने र गाजामा जीडीपी ३५.१ प्रतिशतले कम हुने अध्ययनले जनाएको छ । उनका अनुसार प्रत्येक वर्ष मानवीय सहायता प्रदान गर्न सकिएमा प्यालेस्टिनी अर्थ व्यवस्थालाई छिटै संकट मुक्त गर्ने सकिने सम्भावना भने अझै जिवितै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट