रास्वपाका नौ नेतामाथि कारबाही गर्न प्रहरीमा उजुरी-Sutra News

रास्वपाका नौ नेतामाथि कारबाही गर्न प्रहरीमा उजुरी

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित नौ जना नेतालाई पक्राउ गरी कारबाही गर्न जाहेरी परेको छ ।



सिन्धुली घर भई हाल काठमाडौँको आलोकनगर बस्ने युवराज सफलले रास्वपाका उपसभापतिद्वय अर्याल र वाग्लेसहित नौ जनालाई पक्राउ गरी कानूनी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका हुन् ।

पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृह मन्त्रीसहेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट