त्रिभुवन विमानस्थलमा अवतरण विमानमा बमको हल्ला-Sutra News

त्रिभुवन विमानस्थलमा अवतरण विमानमा बमको हल्ला

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । भारत नयाँ दिल्लीबाट आएको विमानमा बम राखिएको सूचना आएको हो ।



भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । स्रोतका अनुसार जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको जनाएको छ ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमाण्डमा सुरक्षा निकायले जहाजको अनुसन्धान सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट