मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवको दाबी-Sutra News

मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवको दाबी

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौँ । मेलम्चीको पानी उपत्यकामा ल्याउन सफल भएको खानेपानी मन्त्री प्रदीप यादवले दाबी गरेका छन् ।



खानेपानी मन्त्रालयमा सरकारको नेतृत्व सम्हालेको एक सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले विभिन्न अवरोधका बाबजुद पनि मेलम्चीको पानी ल्याउन सफल भएको दाबी गरेका हुन् । मुलुकमा केही समयअगाडि वर्षापछि आएको बाढी पहिरोले तहसनहस हुँदा पनि विचलित नभई काम गरेको उनले जिकीर गरे ।

स्वच्छ खानेपानी वितरण गर्नका लागि जिल्ला जिल्लामा आयोजनाहरू निर्माण भइरहेको उनले जानकारी दिए । खानेपानीको समान पहुँच र वितरणका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए । आफूसँग भएको स्रोत साधनलाई प्रभावकारी रुपमा परिचालन गरेको पनि उनले जिकीर गरे ।

बाढीले क्षति पुर्याएको खानेपानीको पाइप लाइनको मर्मत सम्भार, अनुगमन प्रतिकार्यमा डटेर लागेको उनको भनाइ छ । स्रोत समिति प्राप्त गरेका दुई वटा ठेक्का सम्झौता गरी निमार्णको चरणमा पुगेको बताउँदै उनले मेलम्चीको पानी १४ वटा इलाकाबाट सञ्चालन गरी २५ हजार धारामा वितरण गरिएको बताए ।

काठमाडौँ क्षेत्रको ठमेल क्षेत्रपाटी नरदेवी अनामनगरमा थप ३४.९९ किलोमिटरको कार्यगत परीक्षण गरिएको नियमित रुपमा सञ्चालनका लागि तयार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट