हङकङ सिक्सेस क्रिकेट खेल्न नेपाली टोलीको घोषणा-Sutra News

हङकङ सिक्सेस क्रिकेट खेल्न नेपाली टोलीको घोषणा

मंगलबार, ६ कार्तिक २०८१

मंगलबार, ६ कार्तिक २०८१

काठमाडौँ । हङकङ सिक्सेस क्रिकेट खेल्नका लागि नेपाली टोलीको घोषणा गरिएको छ । सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा भएको हो ।



टोलीमा जोरासहित लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जीसी, दीपेन्द्र रावत र रसिद खान रहेका छन् । प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।

नेपालले इङ्ल्यान्डसँग नोभेम्बर १ र अस्ट्रेलियासँग नोभेम्बर २ मा खेल्ने कार्य तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट