काठमाडौं । सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकारमा सहभागी सबै दलका नेता सहभागी छन् ।
सत्तारूढ दलकाे बैठकमा सरकारको एक सय दिने समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी जनाइएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । जसअघि सत्तारूढ दलहरूकाे बैठक बाेलाएका हुन् ।
बैठकमा सरकारका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, तमलोपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत छन् ।