प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई अर्ब जम्मा-Sutra News

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई अर्ब जम्मा

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख १४ हजार ३७९ बराबर रकम जम्मा भएको छ ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो । उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ ।

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्रसमेत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट