प्रिसेसनमा ९.३९ अंकले बढ्यो नेप्से, कारोबारमा उत्साहपूर्ण बृद्धि-Sutra News

प्रिसेसनमा ९.३९ अंकले बढ्यो नेप्से, कारोबारमा उत्साहपूर्ण बृद्धि

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) ९.३९ अंकले बढेको छ । ९.३९ अंकले बढ्दै नेप्से २६७५.२० को बिन्दुमा उक्लिएको छ ।



सँगै प्रिसेसनमा कारोबार रकम पनि बढेको छ । ३५ हजार ७७२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ६३ लाख ८८ हजार रुपैयाँको भयो । जुन केही कारोबार दिनयताकै उच्च हो ।

प्रिसेसनमा ५४ कम्पनीको सेयर किनबेच भयो । जसमा ३३ कम्पनीको मूल्य बढ्यो भने १८ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको स्थिर रह्यो ।

यो सेसनमा बैंक, हाइड्रो पावर कम्पनीको उच्च कारोबार भएको छ ।

दुई दिनको उच्च गिरावटपछि मंगलबार नेप्से दोहोरो अंकले बढेको थियो । मंगलबारको बृद्धिको प्रभाव बुधबारको प्रिसेसनमा पनि देखिएको छ । प्रिसेसनको कारोबार हेर्दा, आज कारोबार उत्साहपूर्ण हुने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट