उपराष्ट्रपति यादव अस्पताल भर्ना-Sutra News

उपराष्ट्रपति यादव अस्पताल भर्ना

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ भर्ना भएका हुन् ।



उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए ।

उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट