नेपाली बजारमा आज पनि बढ्यो सुनको मूल्य-Sutra News

नेपाली बजारमा आज पनि बढ्यो सुनको मूल्य

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि रेकर्ड बनाएको छ । दशैँपछि दैनिक बढिरहेको सुनको मूल्य आज आठ सय रुपैयाँले वृद्धि भएको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार प्रतितोला एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि रेकर्ड बनाउँदै आएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट