काठमाडौँ । बंगलादेशका प्रदर्शनकारीले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग्दै राष्ट्रपति भवन ‘बङ्गभवन’ कब्जा गरेका छन् ।
यसअघि मंगलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी-डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको आन्दोलनमा राष्ट्रपतिको राजीनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।
राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारी सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीले बङ्गभवन बाहिर उभिएर बंगलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् ।
मोहम्मद साहाबुद्दिन बंगलादेशका १६ औँ राष्ट्रपति हुन । उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए ।