सर्वोच्च पुग्यो ओली-मीनबहादुर जग्गा दान प्रकरण-Sutra News

सर्वोच्च पुग्यो ओली-मीनबहादुर जग्गा दान प्रकरण

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडाैं । विवादित व्यवसायी मीनबहादुर गुरुङबाट सत्तारूढ दल नेकपा (एमाले)ले केन्द्रीय कार्यालय भवन बनाउन भनी लिएकाे जग्गा दानकाे विषय सर्वोच्च अदालतमा प्रवेश गरेकाे छ । उक्त जग्गा लेनदेन कानुन विपरीत भएकाे भन्दै अदालतमा रिट दायर गरिएकाे हाे ।



जग्गा दान प्रकरणबारे प्रश्न उठाउँदै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन् । उक्त दान खारेज गर्न माग राखी दायर गरिएको रिट सर्वोच्च अदालतले ग्रहण गरी भोलि पेसी तोकेको छ।

यसअघि अदालत प्रशासनले साे रिट दरपीठ गरेको थियो । अदालतले गरेको दरपीठ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बदर गरिदिएको हाे ।

इजलासबाट उक्त रिट सार्वजनिक सरोकारको भएकाले दर्ता गर्न आदेश भएपछि अब यो विषय अदालती बहसको विषय बनेको छ।

अधिवक्ता बस्नेतले गुरूङ र एमालेलाई विपक्षी बनाएका छन् । रिटमा बस्नेतले जग्गा लेनदेनकाे विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका छन् ।

सम्बन्धित समाचार

किन सधैँ विवादित भइरहन्छन् ओली ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट