‘मालती’मा यसरी खुलिन् साम्राज्ञी-Sutra News

‘मालती’मा यसरी खुलिन् साम्राज्ञी

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडाैं । नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठुलो लगानीमा भिडियो छायांकन गरिएको छ । दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख बढि रहेको निर्देशक सञ्जय न्यौपानेले बताए ।



यो भिडियोको शिर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् । बुधबार परेको अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक शोरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन् ।

यो गीतको एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको हो ।

यो गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ । यो गीतका सार्वजनि तस्वीरमा साम्राज्ञी आर्कषक लुक्समा प्रस्तुत छिन् ।

साथै, अभिनेता खरेलसँग रोमान्टिक अवतारमा समेत प्रस्तुत भएको तस्वीरमा देख्न सकिन्छ । नेपाली सिनेमाका निर्माता सञ्जयले यो गीतले नेपाली म्युजिक भिडियोलाई अन्तरराष्ट्रिय बजारमा चिनाउने दाबी गर्छन् ।

यो गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ ।

सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट