तिहार नजिकिएसँगै मखमली फूलको माला गाँस्न व्यस्त-Sutra News

तिहार नजिकिएसँगै मखमली फूलको माला गाँस्न व्यस्त

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरू फूल टिप्न र माला गाँस्न व्यस्त भएका छन् ।



तिहार आउन एक साता बाँकी हुँदा गुण्डुका किसानहरू मखमली फूलको माला बनाएर बिक्रीका लागि तयारी अवस्थामा राख्न व्यस्त भएका हुन् । भक्तपुरमा २० वर्षभन्दा बढी समयदेखि मखमली फूल उत्पादन हुँदै आएको छ ।

वर्षेनी मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा पुग्ने गरेको किसानहरूको भनाइ छ । उपत्यकामा खपत हुने धेरै मखमली फूल गुण्डु क्षेत्रकै उत्पादन भएको किसानहरू बताउँछन् ।

केही किसानले विदेशसमेत मखमली फूल निर्यात गर्ने गरेका छन् । दाजुभाइ र दिदीबहिनीको पर्व मानिने तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व हुँदै आएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइ टीका लगाएपछि मखमली माला पहिराउने परम्परा रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट