पाँच वर्षपछि सी जिङपिङ र नरेन्द्र मोदीबीच रुसमा भेटवार्ता हुने-Sutra News

पाँच वर्षपछि सी जिङपिङ र नरेन्द्र मोदीबीच रुसमा भेटवार्ता हुने

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षपछि पहिलो पटक द्विपक्षीय बैठक हुने भएको छ ।



रूसी शहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देशबीच बैठक हुनेछ । “ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी जिङपिङबिच द्विपक्षीय बैठक हुनेछ”, भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी विक्रम मिस्रीले भने ।

सन् २०१९ को अक्टोबरमा सीले भारतीय सहर महाबलीपुरम भ्रमण गर्दा विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देशका नेताबीच अन्तिम पटक आमनेसामने औपचारिक वार्ता भएको थियो ।

वार्ताको केही महिनापछि, सन् २०२० मा हिमालय क्षेत्र लद्दाखको विवादित सीमामा दुई देशबीच भएको झडपपछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो । जसमा कम्तिमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट