फेरि किन घट्यो नेप्से ?-Sutra News

फेरि किन घट्यो नेप्से ?

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । बुधबार २०.४१ अंकले घट्दै नेप्से २६४५.३९ को बिन्दुमा झरेको छ ।



यसअघि आइतबार र सोमबार लगातार दुई दिन गिरावटपछि मंगलबार नेप्से बढेको थियो ।

सूचक घट्दै गर्दा आज कारोबार रक मभने बढेको छ । एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको भयो ।

यसअघि मंगलबार नेप्से ४ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्से घट्दै गर्दा आज अधिकांश कम्पनीका मूल्य पनि घटेको छ । कारोबारमा आएका २४४ कम्पनीमध्ये आज १५५ को मूल्य घट्यो भने ७६ को मूल्य बढ्यो । १३ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

आज फाइनान्स र व्यापारबाहेकका सबै समूहका घटेका छन् ।

नेप्से घट्दै गर्दा आइसीएफसी फाइनान्स र समृद्धिको फाइनान्सको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो भने एनआइसी डिभेन्चरको मूल्यमा ८ प्रतिशतले बृद्धि हुँदा मञ्जुश्री फाइनान्स ६.६७ प्रतिशत र साहस उर्जाको मूल्यमा ५.८५ प्रतिशतले बृद्धि भयो ।

उच्च उतारचढावका बिच लगानीकर्ता बेच्न हतारिँदा सूचक घटेको देखिन्छ । कारोबार रकम बढ्नु र सूचक घट्नुले लगानीकर्ताको मनोविज्ञान धरमराएको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट