प्रधानमन्त्रीको दाबी- सरकारले सय दिनमा चार हजार किलोमिटर सडक मर्मत गरेको छ-Sutra News

प्रधानमन्त्रीको दाबी- सरकारले सय दिनमा चार हजार किलोमिटर सडक मर्मत गरेको छ

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको १०० दिनमा चार हजार ३८ किलोमिटर सडक मर्मत गरिएको दाबी गरेका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व सम्हालेको अवधिमा सडक मर्मत र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका थिए ।

उनले मर्मत भएकामध्ये ३२.५ प्रतिशत सडकमा कालो पत्रेसमेत भएको छ । जसले यातायात सेवालाई थप सुरक्षित र सहज बनाएको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट