बिग्रेको अवस्थामा सम्हालेर राम्रा काम भएको मन्त्री राणाकाे दाबी-Sutra News

बिग्रेको अवस्थामा सम्हालेर राम्रा काम भएको मन्त्री राणाकाे दाबी

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्न सफल भएको दाबी गरेकी छन् ।



बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले देशको बिग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको बताएकी हुन् । उनले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम गर्न भने नसकेको जिकीर गरिन् ।

‘हालैको बाढी पहिरोपछिको उद्धार, राहत र सडक सञ्जाल छिटै सञ्चालन गर्न सफल भयौँ,’ उनले भनिन् । उनले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारवाहीको सुरुवाती संकेत निकै राम्रो भएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट