‘पूर्णबहादुरको सारङ्गी’को दोहोरी गीत ‘रैया चाँदीको’ सार्वजनिक (भिडियाेसहित)-Sutra News

‘पूर्णबहादुरको सारङ्गी’को दोहोरी गीत ‘रैया चाँदीको’ सार्वजनिक (भिडियाेसहित)

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको छ । युट्युब च्यानल सेभेन सिज सिनेमामार्फत सार्वजनिक गीत दाेहाेरी भाकाकाे छ ।



सर्तसहित खेलिएकाे दाेहाेरीमा जिते विवाह हारे, हलीकाे कुरा छ ।सर्तमा मञ्जुर भएपछि सुरु हुने दोहोरी ब्याटलमा प्रेम आकर्षण, विवाह र घरजमका कुरा समेटिएको छ ।

गीतमा आशिष अभिरल र मेलिना राइको स्वर छ । नवराज पन्तको शब्दरचना रहेको गीतमा आशिष स्वयंको संगीत छ ।

भिडियोमा सिनेमाका मुख्य कलाकार विजय बराल, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइलीलगायत छन् ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

यस्ताे छ गीतकाे भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट