दीपकराजलाई सन्तोषको प्रश्न- २० करोड कमाउँदा सिनेमा उद्योगलाई के भयो ?-Sutra News

दीपकराजलाई सन्तोषको प्रश्न- २० करोड कमाउँदा सिनेमा उद्योगलाई के भयो ?

बुधबार, ७ कार्तिक २०८१

बुधबार, ७ कार्तिक २०८१

काठमाडौँ । निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीको फिल्मले २० करोड कमाउँदा सिनेमा उद्योगलाई के भयो ? भन्दै अर्का निर्माता तथा निर्देशक सन्तोष सेनले प्रश्न गरेका छन् ।



सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले गिरीमाथि प्रश्न गरेका हुन् । ‘एक जना मान्छेले एउटा सिनेमा बनाएर २० करोड बनाउँदैमा सिनेमा इन्डस्ट्री धानिँदैन,’ उनले भने, ‘घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ ।’

यस क्रममा उनले आफूलाई ‘साइबर सेना’को कमान्डर भनिएको भन्दै पत्ता लगाएर पुष्टि गर्न चुनौती दिए । दर्शकहरुलाई साइबर सेना भनेर अपमान गरेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट