काठमाडाैं । शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार रेड्मी प्याड प्रो ५ जी ले १२.१ इन्चको २.५के अल्ट्रा–क्लियर डिस्प्ले र स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शन ल्याउँछ भने रेड्मी प्याड एसई ८.७ ४जी ले कम्प्याक्ट मनोरञ्जन अनुभव प्रदान गर्दछ ।
रेड्मी प्याड प्रो ५जी
रेड्मी प्याड प्रो ५जीले उच्च गुणस्तरको प्रदर्शन र मनोरञ्जनात्मक अनुभव प्रदान गर्दछ । यसको १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पिपिआईको रिजोल्युसनको साथ आउँछ जसले पढ्दा, गेम खेल्दा वा भिडियो हेर्दा स्पष्ट दृश्य प्रदान गर्छ। १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेसले हरेक कन्टेन्टलाई स्मूथ बनाउँछ ।
यस ट्याब्लेटमा स्न्यापड्र्यागन ७एस जेन २ प्रोसेसर रहेको छ । १०,००० एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा पनि दिन्छ जसले न्यूनतम विद्युत खपतमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ ।
रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड जस्ता एक्सेसरीहरूले यस ट्याब्लेटलाई थप प्रोडक्टिभ बनाउन मद्दत गर्दछ।
रेड्मी प्याड एसई ८.७ ४जी
रेड्मी प्याड एसई ८.७ ४जी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ जसले गर्दा यो एक हातले नै सजिलै चलाउन मिल्छ। यसमा ८४.४१ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ जसले उज्यालो घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्छ।
मीडियाटेक हेलियो जि ८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटले प्रयोगकर्ताको हरेक कार्यलाई स्मूथ बनाउँछ। यसमा ६ जीबीको र्याम र ९० हर्ट्जको रिफ्रेस रेटले वेब ब्राउजिङका साथै गेम र स्ट्रिमिङको अनुभवलाई पनि सहज बनाउँछ । ६,६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।
यसको स्कृन टियुभी रेइनल्यान्ड आई कम्फर्ट सर्टिफाइड छ जसले गर्दा यो ट्याब्लेटको लामो प्रयोगमा पनि आँखा थकान कम गराउँछ । १२८जीबी आन्तरिक स्टोरेज र २टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिन्छ ।
बजार उपलब्धता
रेड्मी प्याड प्रो ५जी
रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रंगमा तथा उपलब्ध रहेको छ भने ६जीबी + १२८जीबीको मूल्य रु. ३९,९९९ र ८जीबी + २५६जीबीको मूल्य रु ४४,९९९ हो ।
रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड
रेड्मी स्मार्ट पेनको मूल्य रु. ६,४९९ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि रु. ६,४९९ मूल्यमा उपलब्ध रहेको छ।
रेड्मी प्याड एसई ८.७ ४जी
रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य रु. १९,९९९ रहेको छ।
यी सबै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा उपलब्ध छन्।