काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । प्रिओपन सेसनमा ०.९० अंकले नेप्से बढ्दै २६४६.२९ को बिन्दुमा उक्लिएको छ ।
यस सेसनमा कारोबार आएका अधिकांश कम्पनीको मूल्य बढ्यो । ३८ कम्पनीको सेयर किनबेच हुँदा २४ कम्पनीको मूल्य बढ्यो भने १२ कम्पनीको घट्यो । २ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
प्रिसेसनमा ८ हजार ३५२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५७ लाख २२ हजार ३८९ रुपैयाँको भयो । विशषगरी यो सेसनमा हाइड्रो, लघुवित्त र फाइनान्स समूहको सेयर किनबेच भयो ।
यसअघि साताको चौथो कारोबार दिन बुधबार नेप्से २०.४१ अंकले घट्दै २६४५.३९ को बिन्दुमा झरेको थियो । यद्यपि, सूचक घटेपनि बुधबार कारोबार रकम भने बढेको थियो ।