लगातार ऐतिहासिक रेकर्डपछि घट्यो सुनको भाउ-Sutra News

लगातार ऐतिहासिक रेकर्डपछि घट्यो सुनको भाउ

बिहिबार, ८ कार्तिक २०८१

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौं । लगातार सात दिनदेखि एकपछि अर्काे रेकर्ड बनाएको सुनको मूल्य बिहीबार भने घटेको छ। गत साताको बुधबारदेखि एकपछि अर्काे नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार सामान्य घटेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकाे तुलनामा बिहीबार सात सय रूपैयाँ घटेकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा किनबेच भइरहेकाे छ ।

यसअघि बुधबार सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारको उक्त मूल्य हालसम्मकै उच्च मूल्य हाे ।

सुनकाे मूल्य घटेसँगै स्थानीय बजारमा चाँदीको मूल्य पनि घटेको छ। बुधबारकाे तुलनामा बिहीबार प्रतितोला ४० रूपैयाँ घटेको हो।

मूल्य घटेसँगै बिहीबार चाँदी प्रतितोला दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट