काठमाडाैं । विवादित व्यवसायी मीनबहादुर गुरुङबाट सत्तारूढ दल नेकपा (एमाले)ले केन्द्रीय कार्यालय भवन बनाउन भनी लिएकाे जग्गा लेनदेनविरुद्ध परेकाे रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ।
जग्गा दान प्रकरणबारे प्रश्न उठाउँदै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त दान खारेज गर्न माग राखी दायर गरिएको रिट सर्वोच्च अदालतले ग्रहण गरी बिहीबार पेसी तोकेको हाे ।
यसअघि उक्त रिट दरपिठ भएको थियो । दरपिठ इजलासले बदर गरेर दर्ता गर्न आदेश गरेपछि मंगलवार रिट दर्ता भएको थियो ।
अधिवक्ता बस्नेतले गुरूङ र एमालेलाई विपक्षी बनाएका छन् । रिटमा बस्नेतले जग्गा लेनदेनकाे विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका छन् ।