काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराध प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनी गत असोज ६ गते पक्राउ परेका थिए ।
आज मात्रै अदालतले पूर्वउप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पनि ७ दिन म्याद थपको आदेश गरेको थियो ।