‘सरकार परिवर्तन हुँदैन, सहकारी प्रकरणमा आबद्ध सबैलाई कारबाही हुन्छ’-Sutra News

‘सरकार परिवर्तन हुँदैन, सहकारी प्रकरणमा आबद्ध सबैलाई कारबाही हुन्छ’

बिहिबार, ८ कार्तिक २०८१

बिहिबार, ८ कार्तिक २०८१

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताएका छन् ।



विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै डा. कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमतिअनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने बताए ।

उनले वर्तमान सरकार कांग्रेस र एमालेबीचको सहमतिमा बनेकाले धेरै जनताले आशा र भरोसा गरेको भन्दै कामलाई तीव्रता दिनु पर्ने उल्लेख गरे । जनताले आशा र अपेक्षा गरेअनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको उनको भनाइ थियो ।

कोइरालाले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको धारणा राखे ।

उनले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशिल रहेको जिकीर गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट