काठमाडौं । शुक्रबारदेखि नेपाली फिल्म ‘सानो संसार’ पनि हलमा थपिएको छ। यसअघि असोज ११ गते प्रदर्शनमा आएको फिल्म बाढी पहिरोका कारण रिलिजको ३ दिनमै प्रदर्शन स्थगित गरिएको थियो ।
पारिवारिक कथामा बनेकाे फिल्म ‘सानो संसार’मा अर्जुन कुमार निर्माता रहेका छन् भने सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्।
फिल्ममा सीतादेवी तिमल्सिना, अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ। माधव वाग्ले फिल्मका कार्यकारी निर्माता हुन्।
यसअघि फिल्म हेरेका दर्शकले यसको कथा, प्रस्तुति, कलाकारहरूको अभिनयको प्रशंसा गरेका थिए। बुधबार गरिएको प्रिमियरमा पनि फिल्मले सबैबाट राम्रो प्रतिक्रिया पाएको थियो।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले देशभरका हल भने यसले पाएको छैन । फूलपातीमा रिलिज भएका ३ फिल्म ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’काे अझै पनि शाे घटेकाे छैन । व्यापार सुस्ताएकाे छैन ।