काठमाडौं । पार्टी सभापति रवि लामिछानेको पक्राउलाई लिएर सडक प्रदर्शनमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन थालेको छ । लामिछानेलाई पक्राउ गरेसँगै पोखरा केन्द्रित प्रदर्शन गरिरहेको रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन सुरु गरेको हो ।
रास्वपाको काठमाडौं केन्द्रित प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको छ । काठमाडौंमा सुरु आन्दोलनमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायत खटिएका छन् ।
काठमाडौं केन्द्रित प्रदर्शनमा समर्थकहरूको बाक्लो उपस्थिति रहने रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अनुसार पोखराको भन्दा काठमाडौं केन्द्रित प्रदर्शन सशक्त हुनेछ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गरी पोखरालगेसँगै रास्वपा पोखरा केन्द्रित प्रदर्शनमा जुटेको थियो । तर, पोखरामा सहकारी पीडितबाटै घेरिन थालेसँगै प्रदर्शन रोक्न दबाब बढेको थियो ।
रास्वपाले सभापति लामिछानेमािथ राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाएको छ ।