काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको बचाउमा पार्टी उभिनु गलत भएको बताएका छन् । काठमाडौंमा गर्न लागिएको खबरदारी सभालाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको तथ्यगत विरोध आवश्यक रहेको भन्दै न्यौपानेले रविको पक्षमा उभिएर गल्ती नदोर्याउन माग गरेका छन् ।
“ओली नेतृत्वको कांग्रेससहितको सरकारको रंगढंगको तथ्यगत विरोध गरौं तर, हामी माओवादीले घण्टी अध्यक्षको बचाउमा अर्को गल्ती नगरौं, विगतमा उनकाबारे हामीले गम्भीर गल्ती गरिसकेका छौं”, न्यौपानेले भनेका छन् ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको बचाउमा माओवादीका शीर्ष नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । शनिबार गर्न लागिएको प्रदर्शन पनि सोतर्फ लक्षित देखिन्छ । यस्तोमा न्यौपानेले विरोध जनाएका हुन् ।