काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्यअनुसारको काम हुन नसकेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्यअनुसारको काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले अहिले प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे ।
सरकार ढल्ने कुरा गरेर भूलभूलैयामा पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकीर गरे । कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हुँदाहुँदै पनि सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ ।
यस्तै, कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको बताएका थिए । सरकारका केह िक्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने आभाष भएको उन्को भनाइ छ ।