तिहारका लागि एक अर्ब रुपैयाँको सामान आयात-Sutra News

तिहारका लागि एक अर्ब रुपैयाँको सामान आयात

शनिबार, १० कार्तिक २०८१

शनिबार, १० कार्तिक २०८१

काठमाडौँ । तिहार मनाउन एक अर्ब बराबरको भाइ मसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तमा एक अर्ब ११ करोड ७ लाख रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो ।



जसमध्ये एक करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ता आयता भएको छ । २६ करोड १ लाख ६८ हजार रुपैयाँको तीन लाख किलो काजु आयात भएको छ ।

१८ करोड ५९ लाख ५८ हजार रुपैयाँको दुई लाख ३३ हजार किलो बदाम, एककरोड ३० लाख रुपैयाँको एक लाख २४ हजार किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट