संसद विघटन गर्नेले आज पार्टी फुटाउन अनेक हर्कत गरिरहेको छ- उपाध्यक्ष सापकोटा-Sutra News

संसद विघटन गर्नेले आज पार्टी फुटाउन अनेक हर्कत गरिरहेको छ- उपाध्यक्ष सापकोटा

शनिबार, १० कार्तिक २०८१

शनिबार, १० कार्तिक २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दलाल पूँजीपति, विचौलिया वर्गको भएको आरोप लगाएका छन् ।



सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकार कसैले बनाइदिएको भन्ने पुष्टि भएको बताए । उनले यो सरकारले जनताको हितमा कुनै काम गर्न नसकेपछि आफूहरू चुप लागेर बस्न नसकेको बताए ।

‘झम्टिझम्टि प्रतिनिधिसभालाई विघटन गर्न खोज्नेले आज पार्टी फुटाउनको लागि अनेक हर्कत गरिरहेको छ, पार्टीहरुलाई कमजोर गरेर लोकतन्त्रको रक्षा हुन सक्छ ?,’ उनले भने, ‘लोकतन्त्रको भावना सरकारमा बसेका भन्दा हामीले बढी बुझेका छौँ ।’

उनले सरकारले भ्रष्टाचारी र विचौलियालाई संरक्षण गर्न आफ्नो शक्ति लगाएको दाबी गर्न भ्याए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट