प्रचण्डले भने- माओवादी सरकार ढाल्ने खेलमा लाग्दैन, तपाईंहरू पूरै चल्नु-Sutra News

प्रचण्डले भने- माओवादी सरकार ढाल्ने खेलमा लाग्दैन, तपाईंहरू पूरै चल्नु

शनिबार, १० कार्तिक २०८१

शनिबार, १० कार्तिक २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र विचौलियालाई जोगाउने दलहरूसँग मिलेर गल्ती गरेको स्वीकारेका छन् ।



शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले माओवादी कुनै सत्ताको खेलमा नलाग्ने भन्दै सरकार ढालेको दोष आफूले नलिने बताए ।

‘हामीले खबरदारी सभा राख्नेबित्तिकै सत्ता पक्षले सबैलाई एकै ठाउँमा ल्याएर सडकबाट सरकार परिवर्तन गर्न खोजेको, त्यसो गर्नु संविधान विरोधी हुन्छ भन्ने होहोल्ला गरे,’ उनले भने, ‘माओवादीले सरकार ढाल्ने खेलमा लाग्दैन, तपाईंहरू पूरै चलोस् ।’

सरकार ढाल्न खबरदारी सभा नगरेको बताउँदै प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको पुष्टि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट