‘सरकार विधिको शासनमा अगाडि बढ्छ’-Sutra News

‘सरकार विधिको शासनमा अगाडि बढ्छ’

शनिबार, १० कार्तिक २०८१

शनिबार, १० कार्तिक २०८१

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगरले बडादशैँ, शुभदीपावली, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।



कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिँदै सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका लागि सबैमा शुभकामना व्यक्त गरे ।

कांग्रेस नेता एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारको १०० दिनका क्रममा लक्ष्य तोकेअनुसार सबै काम सबै मन्त्रालयले पूरा गरेको बताए ।

विपक्षीले उठाएका कुरा कति सत्य छ भन्ने समयक्रमले देखाउने उल्लेख गर्दै उनले विधिको शासनको वकालत गर्छु भन्ने दलले नै विधि एवं प्रक्रियाको उपहास गरिरहेको दाबी गरे ।

शुक्रबार बसेको सत्तारुढ सात दलको बैठकको निर्णयअनुसार सरकार विधिको शासनको मार्गमा अघि बढ्ने उपप्रधानमन्त्री सिंहको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता, कार्यकर्ताका साथै पार्टीका शुभेच्छुक एवं बुद्धिजीवीको समेत उपस्थिति रहेको महानगर समिति सभापति नीलकाजी शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट