रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने निर्णय-Sutra News

रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने निर्णय

शनिबार, १० कार्तिक २०८१

शनिबार, १० कार्तिक २०८१

काठमाडौँ । संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी ७ का नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई सहयोग स्वरुप ५० अर्ब डलर दिने निर्णय गरेको एक विज्ञप्तीमार्फत शुक्रबार घोषणा गरेका छन् ।



सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन् ।

“युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ”, जी ७ नेताहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो ।

उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट